दफा २३
टिकट वा अधिकारपत्र जारी गर्ने
(१) रेलबाट यात्रा गर्न चाहने व्यक्तिलाई यात्रा बापत लाग्ने भाडा रकम बुझाएपछि बोर्डले टिकट जारी गर्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले कुनै व्यक्तिले रेलबाट यात्रा गर्न भाडा (तिर्नु नपर्ने गरी तोकिए बमोजिम अधिकारपत्र जारी गर्न सक्नेछ।

(३) यात्रीले रेलबाट यात्रा गर्न लाग्ने भाडा तिरी टिकट खरिद गर्न वा सो प्रयोजनको लागि अधिकारपत्र प्राप्त गर्नु पर्नेछ।

(४) बोर्डले यात्रीको सुविधाको लागि रेल्वे स्टेशनमा अटोमेटिक टिकट भेण्डिङ मेसिन स्थापना गरेको भए यात्रीले गन्तव्य स्टेशनसम्मको लाग्ने भाडा तिरी त्यस्तो मेशिनबाट टिकट लिन सक्नेछ।

(५) रेल्वे टिकटको ढाँचा, रेल्वे सवारीको स्तर वा श्रेणी बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।