नियम ११
तारिखमा तोकिएको काम गर्न सकिने;
(१) नियम १० बमोजिम तोकिएको तारिखमा मुद्दाको पक्षको रोहबरमा गर्नु पर्ने काम त्यस्तो पक्ष उपस्थित नभए पनि अदालतले गर्न सक्नेछ ।

(२) नियम १० बमोजिम तोकिएको तारिखका दिन तोकिएको काम गर्न नभ्याइएमा सो कामको लागि रजिष्ट्रारले अर्को तारिख तोक्ने आदेश दिनु पर्नेछ ।

(३) मुद्दाको पक्षले नै गर्नु पर्ने कुनै कामको लागि तारिख तोकिएकोमा त्यस्तो तारिखका दिन उपस्थित नहुने पक्षाले निजको रोहवरमा गर्नु पर्ने त्यस्तो काम पछिबाट होस्‌ भनी निवेदन दिन वा जिकीर लिन पाउने छैन।

तर त्यस्तो पक्षले नियम १२ बमोजिम तारिख थमाई अदालतलाई सन्तोष हुने कुनै मनासिब कारण देखाई निवेदन गरेमा अदालतले सो कामको लागि अर्को तारिख तोक्न सक्नेछ।