नियम १५
दैनिक मुद्दा पेशी सुची
(१) नियम १४ बमोजिम साप्ताहिक पेशी सूचीमा समावेश भएका मुद्दाहरू मध्ये रजिष्टरारले सो दिनको सूचीमा समावेश भएको मुद्दको दैनिक पेशी सूची तयार गरी बिहान साढे दश बजेभित्र अदालतको सूचना पाटी, वेबसाइट तथा अदालतको इजलास कक्षा अगाडि प्रकाशन गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम प्रकाशन गरिएको दैनिक पेशी सूचीको एक एक प्रति अध्यक्ष तथा अन्य सदस्यलाई समेत उपलब्ध गराउनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम मुद्दाको दैनिक पेशी सूची तयार गर्दा अघिल्लो दिन तोकिएको मुद्दा इजलासले हेदहिदैं नभ्याई बाँकी रहेको भए त्यस्तो मुद्दालाई प्राथमिकता दिई समाबेश गर्नु पर्नेछ।

तर सो दिन कुनै कारणले अदालतको इजलास नबस्ने भएमा त्यस्तो हेदहिदैंको मुद्दा अदालत खुलेको पहिलो दिनको पेशी सूचीमा समावेश गर्न सकिनेछ।

(४) अध्यक्षले आवश्यक सम्झेमा हस्ताको कुनै खास दिन खास किसिमका मुद्वाहरू हेर्ने गरी तोक्न सक्नेछ । त्यसरी खास दिन तोकिएकोमा सोही अनुसार हुने गरी तारिख तोक्ने तथा पेशी सूची तयार गर्ने व्यवस्था मिलाउनु पर्नेछ।