नियम ७९
धार्मिक वन हस्तान्तरण
(१) प्रचलित कानून बमोजिम स्थापित कुनै धार्मिक निकाय, समूह वा समुदायले परापूर्व कालदेखिको धार्मिक स्थल र त्यस्तो क्षेत्रको वरिपरिको राष्ट्रिय, वन संरक्षण गर्नका लागि धार्मिक वनको रुपमा लिन चाहेमा कार्ययोजना सहित डिभिजनल वन अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदन परेमा डिभिजनल वन अधिकृतले निवेदनसाथ पेस भएको कार्ययोजनामा आवश्यक जाँचबुझ गरी धार्मिक वन हस्तान्तरण गर्न उपयुक्त हुने देखेमा त्यस्तो कार्ययोजना स्वीकृत गरी अनुसूची-४५ बमोजिमको ढाँचामा प्रमाणपत्र दिई: त्यस्तो वनक्षेत्रलाई धार्मिक वनको रुपमा हस्तान्तरण गर्न सक्नेछ।
(३) डिभिजनल वन अधिकृतले उपनियम (२) बमोजिम धार्मिक वनको रुपमा हस्तान्तरण गरिएको वनको लगत तयार गरी एक एक प्रति प्रदेश मन्त्रालय, विभाग र निर्देशनालयमा पठाउनु पर्नेछ र त्यस्तो विवरण विभागले तयार गरेको डाटाबेसमा प्रविष्ट गर्नु पर्नेछ।
(४) धार्मिक वनक्षेत्रमा धार्मिक निकाय, समूह वा समुदायले स्वीकृत कार्ययोजना बमोजिमको कार्य मात्र गर्नु पर्नेछ।
(५) धार्मिक निकाय, समूह वा समुदायले धार्मिक वनमा सनातन तथा परम्परादेखि चलिआएको धार्मिक तथा सांस्कृतिक महत्त्वका कार्य र प्रथा परम्परा सञ्चालन गर्नका लागि साविकदेखि नै रहेका धार्मिक संरचनाको पुनर्निर्माण र मर्मत गर्न तथा शौचालय र पानी ट्याङ्की निर्माण गर्न सक्नेछ। यस्ता संरचनाको निर्माण गर्दा डिभिजनल वन अधिकृतको स्वीकृति लिई धार्मिक वनको वन पैदावार प्रयोग गर्न सकिनेछ।
(६) धार्मिक वनभित्र स्वीकृत कार्ययोजनाले तोके बमोजिम उपनियम (५) बमोजिमका संरचना बाहेक अन्य भौतिक पूर्वाधार निर्माण गर्न पाइने छैन।
(७) धार्मिक वनमा ऐनको दफा ४२ बमोजिमको विकास आयोजना निर्माण तथा सञ्चालनको: क्रममा प्राप्त भएका वन पैदावार र हावाहुरी, बाढी पहिरोबाट ढलेका रुखबाट प्राप्त भएका बन पैदावार डिभिजनल वन अधिकृतले सङ्कलन गरी सुरक्षित स्थानमा घाटगद्दी गर्नु पर्नेछ।
(८) धार्मिक वनभित्र रहेको जोखिमयुक्त रुख हटाउन अनुरोध भई आएमा डिभिजनल वन अधिकृतले हटाउन सक्नेछ।
(९) उपनियम (७) र (८) बमोजिमको वन पैदावार डिभिजनल वन अधिकृतले: नियम २५ बमोजिम लिलाम बिक्री गर्नु पर्नेछ।