नियम ८०
धार्मिक वनमा गर्न नहुने कार्य
धार्मिक वनमा ऐन, यस नियमावली र स्वीकृत कार्ययोजनाले निषेध गरेका कार्यको अतिरिक्त देहाय बमोजिमका कार्य गर्न हुँदैन:-

(क) धार्मिक वनको जग्गालाई निजी जग्गाको रुपमा दर्ता गर्न, भाडामा दिन, धितो बन्धकी राख्न वा अरु कुनै किसिमले हक वा स्वामित्व हस्तान्तरण गर्ने कार्य गर्न,

(ख) धार्मिक वनको भू-उपयोग स्थायी रुपमा परिवर्तन गर्ने कार्य गर्न, (ग) वनक्षेत्र मास्न र भू-क्षय तथा वातावरणीय विनाश हुने कुनै कार्य गर्न,

(घ) प्रचलित कानून विपरीत संरक्षित वन्यजन्तु पक्रन वा मार्न वा हानि नोक्सानी पुच्याउने कार्य गर्न,

(ङ) वन अतिक्रमण तथा: वन अतिक्रमणलाई प्रोत्साहन हुने कुनैकार्य गर्न,

(च) ढुङ्गा, गिट्टी, बालुवा, चट्टान, माटो र अन्य खानी तथा खनिज पदार्थ निकाल्न वा ओसारपसार गर्न ।