दफा ८ख
नाप तौलका अरु इकाईहरु तोक्ने
: (१) नाप तौलको साधारण सभा र कानूनी नाप तौल विज्ञानको अन्तर्राष्ट्रिय संस्थाले सिफारिस गरेको नाप तौलको मूल इकाईहरुसंग सम्बन्धित पूरक (सप्लिमेण्टरी) उदभूत (डिराइभ्ड) वा अरु ईकाईहरु वा स्टाण्डर्ड प्रतिरुप वा परिभाषाहरु तोकिए बमोजिम हुनेछन्।
स्पष्टीकरण : उदभूत ईकाईहरु (डिराइभ्ड युनिटहरु) भन्नाले मूल वा पूरक ईकाईबाट वा दुवै ईकाईबाट निकालिएको ईकाईलाई जनाउँछ ।
(२) नाप तौलको साधारण सभा वा कानूनी नाप तौल विज्ञानको अन्तर्राष्ट्रिय संस्थाले सिफारिस गरेको नाप वा तौलको ईकाईहरुसंग सम्बन्धित अपवत्र्य (मल्टिपल्स) अपवर्त (सवमल्टिपल्स), प्राकृतिक स्थिर (फिजिकल कन्सटेण्ट) र अनुपात गुणक (रेशियो अफ को–इफिसेन्सी) तोकिएबमोजिम हुनेछन्।
(३) नाप तौलको साधारण सभा वा कानूनी नाप तौल विज्ञानको अन्तर्राष्ट्रिय संस्थाले सिफारिश गरे अनुसारको नाप र तौलका विशेष इकाईहरु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक अवधिको लागि तोक्न सक्नेछ ।