दफा २८
निरीक्षकको काम कर्तव्य
: (१) निरीक्षकले नियन्त्रकले तोकिदिएको क्षेत्र र समयमा नाप र तौल तथा नाप्ने तौलने यन्त्र जाँच गर्नुपर्छ।
(२) निरीक्षकले आफ्नो समक्ष जाँचको निमित्त ल्याइएका नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र यो ऐन तथा यस ऐन अन्तर्गत बनेका नियमहरु बमोजिम जाँची ठीक देखिएमा तोकिएको दस्तुर लिई तोकिए बमोजिम जाँचको टाँचा लगाउनु पर्छ ।
(३) जाँच गरिनु पर्ने कुनै पनि नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जाँच नगरी राख्नु हुँदैन ।
(४) निरीक्षकले व्यापारिक नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र वा त्यस्तो नाप वा तौल वा नाप्ने वा तौलने यन्त्रले बिक्री गरिएको वा दिएको वस्तुको नाप वा तौल वा त्यस्तो नाप वा तौल नाप्ने वा तौलने यन्त्र राखिएको कुनै पनि स्थानमा गई जाँच गर्न सक्नेछ ।
(५) निरीक्षकले कुनै व्यापारी वा निजले आफ्नो कामको निमित्त नियुक्ति गरेको कुनै व्यक्तिले प्रयोगमा ल्याएका वा त्यस्तो व्यापारी वा व्यक्तिसंग रहेको वा व्यापारको कामको लागि कुनै स्थानमा राखिएको नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र र सो सम्बन्धी सबै लिखत पेश गर्न आदेश दिन सक्नेछ र त्यस्तो व्यापारी वा व्यक्तिले पनि सो आदेश बमोजिमको यन्त्र वा लिखत पेश गर्नु पर्छ ।
(६) निरीक्षकलाई नाप वा तौल वा नाप्ने वा तौलने यन्त्रको सम्बन्धमा कसैले यस ऐन अन्तर्गत कुनै कसूर गरेको वा गर्न लागेकोछ भन्ने शङ्का लागेमा निजले त्यस्तो नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र वा त्यस्तो नाप वा तौल वा नाप्ने वा तौलने यन्त्रले बिक्री गरेको वा दिएको वा दिन लागेको वस्तु र सम्बन्धित सबै लिखत आफ्नो कब्जामा लिन सक्नेछ ।
(७) निरीक्षकलाई कुनै पनि मोहोर बन्द प्याकेजमा रहेको वस्तुको नाप वा तौल सो प्याकेजको लेवलमा उल्लिखित नाप वा तौल भन्दा कम छ भन्ने शड्ढा लाग्ने कारण भएमा निजले त्यस्तो प्याकेजको मोहोर तोडी प्याकेजमा रहेको वस्तुको नाप वा तौलको जाँच गर्न सक्नेछ ।
(८) निरीक्षकले उपदफा (७) बमोजिम जाँच्दा प्याकेजको वस्तुको नाप वा तौल ठीक नदेखिएमा प्याकेज र त्यसभित्र रहेको वस्तु आफ्नो कब्जामा लिन सक्नेछ र ठीक देखिएमा प्याकेजको उचित मूल्य सो प्याकजेको धनीलाई दिनेछ ।
(९) निरीक्षकको -कार्यक्षेत्रभित्रको प्रदेश तथा स्थानीय तहको कुनै निकाय-वा कार्यालयले नाप वा तौल तथा नाप्ने वा तौलने यन्त्रको: सम्बन्धमा परामर्श मागेमा निरीक्षकले त्यस सम्बन्धमा परामर्श दिनु पर्नेछ।