दफा
प्रज्ञा प्रतिष्ठान स्वशासित संस्था हुने
(१) प्रज्ञा प्रतिष्ठान अविच्छिन्न उत्तराधिरकारवाला एक स्वशासित एवं संगठित संस्था हुनेछ ।
(२) प्रज्ञा प्रतिष्ठानको सबै काम कारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) प्रज्ञा प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच बिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) प्रज्ञा प्रतिष्ठानले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र प्रज्ञा–प्रतिष्ठान उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।