दफा २४
प्रज्ञा प्रतिष्ठानको कोष
(१) प्रज्ञा प्रतिष्ठानको एक कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै व्यक्ति, संस्था वा राष्ट्रबाट प्राप्त ऋण, चन्दा, सहायता, अनुदान वा दान दातव्यको रकम,
(ग) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) प्रज्ञा प्रतिष्ठानको कोषको रकम कुनै बाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(४) प्रज्ञा प्रतिष्ठानको कोष र खाताको संचालन तोकिए बमोजिम हुनेछ ।
(५) प्रज्ञा प्रतिष्ठानको सबै खर्चहरू उपदफा (२) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(६) परिषद्ले प्रज्ञा प्रतिष्ठानको हितलाई प्रतिकूल प्रभाव नपर्ने गरी प्रज्ञा–प्रतिष्ठानको कोषको रकम उचित लगानी गर्न सक्नेछ ।