दफा ४४
प्रेषक जिम्मेवार हुने
(१) बोर्डको कुनै कर्मचारीको गलत कार्य वा त्रुटिले बाहेक कुनै कागजात नभएको वा अपर्याप्त भएको कारणबाट हुन जाने हानि नोक्सानीप्रति प्रेषक स्वयं जिम्मेवार हुनेछ।

(२) कुनै मालासामान प्याकिङ्ग नगरिएको वा राम्रोसँग प्याकिङ्ग नगरिएको कारणबाट उत्पन्न हुने परिणामको लागि प्रेषक जिम्मेवार हुनेछ र सोको कारणबाट रेल्वेमा कुनै हानि नोक्सानी हुन गएमा त्यस्तो हानि नोक्सानीको क्षतिपूर्ति समेत प्रेषकले व्यहोर्नु पर्नेछ।