नियम २४
बन पैदावार प्राप्त गर्न निवेदन दिनु पर्ने
(१) जिल्ला वन पैदावार आपूर्ति समिति गठन नभएका जिल्लामा नियम २१ को उपनियम (३) को प्रयोजनका लागि वन पैदावार लिन चाहने व्यक्तिले देहायका विवरण खुलाई डिभिजनल वन अधिकृत समक्ष निवेदन दिनु पर्नेछ:- (क) वन पैदावारको नाम,

(ख) वन पेदावार प्राप्त गर्न चाहेको क्षेत्रको नाम,

(ग) वन पैदावारको किसिम र परिमाण,

(घ) वन पैदावार लिन चाहेको प्रयोजन,

(ङ) वन पैदावारको प्रयोग गरिने ठाउँ,

(च) वन पैदावार लिन चाहने व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(छ) सम्बन्धित स्थानीय तहको सिफारिस पत्र।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा डिभिजनल वन अधिकृतले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी अनुसूची- ६ बमोजिमको मूल्यमा काठ, दाउरा उपलव्ध गराउन सक्नेछ। यसरी प्राप्त गरेको काठ, दाउरा बिक्री गर्न पाइने छैन।

(३) जिल्ला बन पैदावार आपूर्ति समिति गठन नभएका जिल्लामा उपनियम (१) र (२) मा उल्लिखित प्रयोजन बाहेक अन्य प्रयोजनको, लागि काठ, दाउराको स्थानीय आपूर्ति गर्ने सम्बन्धी व्यवस्था प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुनेछ।