दफा
बैठकमा भाग लिन “नपाउने
(१) बोर्डको बैठकमा छलफल हुने कुनै विषयमा निजी स्वार्थ भएको बोर्डको अध्यक्ष र सदस्यले सो विषयमा हुने बैठकमा भाग लिन पाउने छैन।

(२) बैठकमा छलफल हुने विषयको सूची प्राप्त भएपछि बोर्डको अध्यक्ष वा कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष स्वार्थ रहेको विषय भएमा त्यस्तो स्वार्थ रहेको कुराको स्वघोषणा गरी आफू उक्त बैठकमा भाग नलिने जानकारी बोर्डको सदस्य- संचिवलाई गराउनु पर्नेछ।

(३) दफा ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको अवस्था परी बोर्डको अध्यक्षले बैठकमा भाग लिन नपाउने अवस्थामा मन्त्रालयको सचिवले बोर्डको बैठकको अध्यक्षता गर्नेछ।