नियम १६
भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापतको अड्ढ
(१) प्रहरी कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापतको अड्ढ प्रदान गर्दा अनुसूची–२ मा उल्लेख भए बमोजिम भौगोलिक क्षेत्रलाई क्रमशः “क”, “ख”, “ग”, “घ” र “ङ” गरी पा“च वर्गमा विभाजन गरी वार्षिक रुपमा काम गरेको अनुभव वापत आठ अड्ढमा नबढ्ने गरी देहाय बमोजिम अड्ढ दिइने छ ः-
(क) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.५ अड्ढका दरले ।
(ख) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.४अड्ढका दरले ।
(ग) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.३ अड्ढका दरले ।
(घ) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.२ अड्ढका दरले ।
(ङ) “ङ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १ अड्ढका दरले ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीले कुनै एक भौगोलिक क्षेत्रमा कम्तीमा नब्बे दिन वा सोभन्दा बढी अवधि रुजु हाजिर भई काम गरेको भए सो अवधिको लागि सोही भौगोलिक क्षेत्रमा काम गरे वापत पाउने अड्ढको समानुपातिक रुपमा हिसाब गर्दा हुन आउने अड्ढ दिइनेछ ।
(३) पुनर्बहाली भएको वा निलम्बन भई त्यस्तो निलम्बन फुकुवा भएको प्रहरी कर्मचारीको हकमा निज रुजु हाजिर नभएको अवधिको भौगोलिक क्षेत्रमा काम गरे वापतको कुनै अड्ढ दिइने छैन ।
(४) अध्ययन बिदा वा तीन महिना वा सो भन्दा बढी अवधिको लागि वैदेशिक तालीममा जाने प्रहरी कर्मचारीलाई “ङ” वर्गको लागि तोकिएको अड्ढको आधा अड्ढ दिइनेछ ।
(५) भौगोलिक क्षेत्रमा काम गरे वापत पाउने अड्ढ जुन श्रेणीमा बढुवा हुने हो सो श्रेणीभन्दा एक श्रेणी मुनिको पदमा प्राप्त गरेको भए मात्र गणना गरिनेछ ।
(६) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हु“दाका बखत कुनै प्रहरी कर्मचारीले प्राप्त गरिसकेको भौगोलिक क्षेत्र वापतको अड्ढ घट्ने छैन ।