दफा ५१
मालसामानको क्षतिपूर्तिको लागि निवेदन दिनु पर्ने
(१) यस परिच्छेद बमोजिम क्षतिपूर्ति माग गर्न चाहने प्रेषक वा प्रापकले त्यस्तो मालसामान ढुवानीका लागि स्टेशन प्रमुखलाई जिम्मा लगाएको मितिले पैँतालीस दिनभित्र देहायको कुनै स्थान मार्फत रेल्वे प्रशासक समक्ष निवेदन दिनु पर्नेछ:-

(क) ढुवानीको लागि मालसामान जिम्मा लगाइएको

रेल्वे स्टेशन,

(ख) मालसामान पुग्नु पर्ने रेल्वे स्टेशन, वा

(ग) बोर्डको केन्द्रीय कार्यालय ।

(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएको मितिले एक्काइस दिनभित्र रेल्वे प्रशासकले निर्णय गरिसक्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिम रेल्वे प्रशासकले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको सूचना पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ।