दफा २४
यात्राको लागि इन्कार गर्न सकिने
(१) बोर्डले देहायको अवस्थाका कुनै व्यक्तिलाई रेलबाट यात्रा गर्न दिनको लागि इन्कार गर्न सक्नेछः-

(क) नेपाल सरकार वा प्रदेश सरकारले सङ्क्रामक रोग सम्बन्धी प्रचलित कानून बमोजिम यात्रा गर्न रोक लगाएको कुनै रोग लागेको,

(ख) रेलबाट यात्रा गर्दा निजको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भनी चिकित्सकले सिफारिस गरेको,

(ग) मादक पदार्थ वा लागू औषधको सेवन गरेको कारण निजलाई यात्रामा समावेश गराउँदा निजबाट रेलमा अशान्ति मच्चिने वा अन्य यात्रुलाई हानि नोक्सानी वा असुविधा उत्पन्न हुन सक्ने सम्भावना भएको,

(घ) रेलको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी

बाहेक अन्य हातहतियार बोकेको, /वा

(ङ) रेल्वेको सम्पत्ति नोक्सानी गर्ने बा यात्रामा अवरोध

पुच्याउने शङ्कास्पद क्रियाकलाप देखिएको ।

(२) उपदफा (१) को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले ८ आवश्यकता अनुसार सो खण्डमा उल्लिखित व्यक्तिलाई अरु व्यक्तिबाट अलग्गै राखी यात्रा गर्न अनुमति दिन सक्नेछ।

(३) उपदफा (१) को खण्ड (ग), (घ) वा (ङ) मा उल्लिखित कुनै व्यक्तिले रेलमा यात्रा गरेको पाइएमा टिकट जाँचकीले निजलाई जुनसुकै -बखत नजिकको रेल्वे स्टेशनमा रेलबाट ओराल्न सक्नेछ।