दफा २९
यात्रीगुण्टाको ढुवानी
(१) कुनै यात्रीले भाडा: तथा शुल्क (ट्यारिफ) किताबमा उल्लेख गरिए बमोजिमको ढुवानी शुल्क तिरी बोर्डमा यात्रीगुण्टा दर्ता गरी रेलबाट : यात्रीगुण्टा ढुवानी गराउन सक्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यात्रीले तोकिए बमोजिमको ढुवानी:शुल्क नलाग्ने गरी छुट दिएका वस्तु ढुवानी शुल्क: नतिरी यात्रीगुण्टाको रूपमा आफ्नो साथमा लैजान पाउनेछ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै वस्तु यात्रीगुण्टाको रूपमा ढुवानी गर्न

सकिने छैनः -

(क) ढुवानीको लागि प्रचलित कानून बमोजिम प्रतिबन्ध

लगाइएका: मालसामान वा वस्तु,

(ख) बोर्डले रेल्वेबाट यात्रीगुण्टाको रूपमा ढुवानीको लागि खतरापूर्ण भनी निर्धारण गरेको मालसामान वां वस्तु,

(ग) बोर्डले निर्धारण गरेको आकार र तौलभन्दा बढीको मालसामान वा वस्तु,

(घ) प्रचलित कानून बमोजिम भन्सार महसुल लाग्नेमा त्यस्तो महसुल नतिरिएको कारण सम्बन्धित निकायले ढुवानी गर्न रोक लगाएको मालसामान वा वस्तु, र (ङ) तोकिए बमोजिमका जीवजन्तु वा अन्यवस्तु।

(४) उपदफा (१) बमोजिम यात्रीगुण्टा दर्ता गर्दा बोर्डले निर्धारण गरे बमोजिमको ढाँचामा दर्ता रसिद जारी गर्नु पर्नेछ।

(५) उपदफा (४) बमोजिम जारी गर्ने दर्ता रसिदमा देहायका कुरा उल्लेख भएको हुनु पर्नेछ:-

(क) यात्रीगुण्टाको सङ्ख्या र सोको तौल,

(ख) ढुवानीको लागि यात्रीगुण्टा जिम्मा लिएको मिति

र समय,

(ग) यात्रीगुण्टा चलान भएको र पुच्याउने स्थान वा

स्टेशन,

(घ) यात्रीगुण्टा बुझाउनको लागि निर्धारण गरिएको

मिति, र्‌

(ङ) ढुवानी:र शुल्क सम्बन्धी अन्य आवश्यक कुरा।

(६) कुनै यात्रीले उपदफा (३) को खण्ड (क), (ख) वा (ङ) बमोजिमको कुनै वस्तु वा जीवजन्तु लुकाई छिपाई रेलबाट ढुवानी गरेकी पाइएमा रेल्वे कर्मचारीले तत्कालै आउने अघिल्लो स्टेशनमा त्यस्ता यात्री र वस्तु वा जीवजन्तु ओराली सो उपदफाको खण्ड (क) वा (ख) बमोजिमको त्यस्तो वस्तु ढुवानी. गर्ने यात्रीलाई प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीको जिम्मा लगाउनु पर्नेछ।