दफा ३३
यात्रीगुण्टाको हस्तान्तरण
(१) यात्रीले दर्ता रसिद पेश गरी रकम बुझाउन बाँकी भए सो रकम बुझाएपछि मात्र स्टेशन प्रमुखले त्यस्तो यात्रीलाई यात्रीगुण्टा हस्तान्तरण गर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै यात्रीले दर्ता रसिद प्रस्तुत गर्न नसकेको अवस्थामा कुनै यात्रीगुण्टा निजको हो भन्ने कुरामा स्टेशन प्रमुख विश्वस्त भएमा निजलाई त्यस्तो यात्रीगुण्टा हस्तान्तरण गर्न सकिनेछ।