दफा ७३
रेल चालक वा सहचालक करारमा लिन सकिने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली नागरिकबाट रेल चालक वा सहचालकको पदमा पदपूर्ति हुन नसकेमा बोर्डले योग्यता पुगेका विदेशी नागरिकलाई मन्त्रालयले निर्धारण गरे बमोजिमको अवधिसम्मको लागि करारमा काममा लगाउन सक्नेछ।