नियम
विपक्षी झिकाउने
(१) नियम ५ बमोजिम पुनरावेदनपत्र दर्ता भई नियम ७ बमोजिम निर्णय तथा सम्बन्धित कागजात प्राप्त भए पछि अदालतले निर्णय तथा कागजात प्राप्त भएको पन्ध्र दिनभित्र विपक्षी झिकाउनु पर्ने वा नपर्ने विषयमा सुनुवाई गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सुनुवाई गर्दा सम्बन्धित निकाय बा अधिकारीले गरेको निर्णय वा आदेशमा फरक पर्ने नदेखिएमा -अदालतले शुरु निर्णय सदर गर्न सक्नेछ।

(३) उपनियम (१). बमोजिम सुनुवाई गर्दा सम्बन्धित निकाय बा अधिकारीले गरेको निर्णय वा आदेश फरक पर्न सक्ने देखिएमा अदालतले त्यसको कारण खुलाई विपक्षी कुनै निकाय भएमा लिखित प्रतिवाद पेश गर्नु भनी र विपक्षी व्यक्ति भएमा लिखित प्रतिवाद सहित आफैं उपस्थित हुन वा आफ्नो प्रतिनिधि वा कानूच व्यवसायी पठाउनु भनी विपक्षीको नाममा आदेश गर्नेछ ।

(४) यस नियम बमोजिम बिपक्षी झिकाउने गरी अदालतबाट आदेश जारी भए पछि जजिष्ट्रारले विपक्षी बनाइएको पक्षालाई पन्ध्र दिनको म्याद दिई अनुसूची-२ बमोजिमको ढाँचामा सूचना तयार गरी पठाउनेछ र त्यस्तो सूचना सात दिन भित्र तामेल गर्नु पर्नेछ ।