नियम १८
विभूषण (मानपदवी,अलंकार र पदक) वापत दिइने अड्ढ
(१) प्रहरी कर्मचारीलाई विभूषण वापत अड्ढ दिंदा जुन पदमा छँदा विभूषण प्राप्त गरेको हो सोभन्दा माथिल्लो पदमा हुने बढुवाको प्रयोजनको लागि बढीमा २ अड्ढ दिइनेछ ।
(२) विभूषण वापत देहायको अड्ढ दिइनेछ ः-
(क) मानपदवी वापत – २
(ख) अलंकार वापत – १.५
(ग) वीरता पदक वा सौर्य पदक वापत – १
(३) यस नियम बमोजिम विभूषण वापत सम्वत् २०६५ साल भन्दा पछि प्राप्त गरेको विभूषण वापत मात्र अड्ढ दिइनेछ ।