दफा २०
सचिव
(१) उपकुलपतिको सिफारीशमा कुलपतिले प्रज्ञा प्रतिष्ठानको सचिव नियुक्त गर्नेछ ।
(२) सचिव प्रज्ञा प्रतिष्ठानमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) सचिवको पदावधि चार वर्षको हुनेछ । निजलाई एक पटक सोही पदमा पुन नियुक्त गर्न सकिनेछ ।
(४) सचिवको मातहतमा प्रज्ञा प्रतिष्ठानका कर्मचारी, वित्तीय तथा कोष र अन्य सामान्य प्रशासनको जिम्मा रहनेछ । परिषद् र उपकुलपतिको रेखदेखमा निजले तोकिए बमोजिम अन्य काम गर्नेछ ।
(५) सचिवको काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक, सुविधा एवं सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ ।