दफा ६३
सजाय
(१) कसैले देहायको कुनै कसुर गरे गराएमा त्यस्तो कसुर गर्ने गराउने व्यक्तिलाई मुद्दा हेर्ने अधिकारीले देहाय बमोजिमको सजाय गर्नेछ:-

(क) दफा ६२-को खण्ड (क) वा (ख) बमोजिमको कसुर गर्ने गराउनेलाई त्यस्तो कार्यबाट कसैको मृत्यु भएकोमा प्रचलित कानून बमोजिम ज्यान मारे सरह सजाय र ज्यान नमरेको भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,

(ख) दफा ६२ को खण्ड (ग) वा (घ) बमोजिमको कसुर गर्ने गराउनेलाई सात वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना, (ग) दफा ६२ को खण्ड (ङ) वा (च) बमोजिमको कसुर गर्ने गराउनेलाई एक वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना,

(घ) दफा ६२ को खण्ड (छ) वा (ज) बमोजिमको कसुर गर्ने गराउनेलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वां दुवै सजाय, र

(ङ) दफा ६२ को खण्ड: झ), (ज) र (ट) बमोजिमको कसुर गर्ने गराउनेलाई छ महिनासम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना ।

(२) कसैले देहायको कुनै कसुर गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई बोर्डको सम्बद्ध: कर्मचारीको प्रतिवेदनको आधारमा रेल्वे प्रशासकले देहाय बमोजिम जरिबाना गर्न सक्नेछः न

(क) दफा ६२ को खण्ड (ठ) वा (ड) बमोजिमको कसुर गर्ने गराउनेलाई दुई लाख रुपैयाँसम्म जरिबाना, र

(ख) (दफा ६२ को खण्ड (ढ) बमोजिमको कसुर गर्नेलाई पचास हजार रुपैयाँसम्म जरिबाना ।

(३) कसैले देहायको कुनै कसुर गरेमा त्यस्तो कसुर गर्ने गराउने व्यक्तिलाई बोर्डको टिकट जाँचकी वा सम्बद्ध कर्मचारीको प्रतिवेदनको आधारमा स्टेशन प्रमुखले तत्काल देहाय बमोजिम जरिबाना गर्न सक्नेछ:-

(क) दफा ६२ को खण्ड (ण) बमोजिमको कसुर गर्ने

गराउनेलाई बीस हजार रुपैयाँसम्म जरिबाना, (ख) दफा ६२ को खण्ड (त) वा (थ) बमोजिमको कसुर गर्ने गराउनेलाई दश हजार रुपैयाँसम्म जरिबाना, र

(ग) दफा ६२ को खण्ड (द) वा (ध) बमोजिमको कसुर गर्ने गराउनेलाई पाँच /हजार रुपैयाँसम्म जरिबाना ।