नियम ९२क
सञ्चय कोष र बिमा बाहेक अन्य कुनै सुविधा नपाउने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ६३ को उपनियम (२) बमोजिम सेवाबाट बर्खास्त भएको प्रहरी कर्मचारीले नियम ९१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम र नियम ९२ बमोजिमको बिमा बाहेक यस नियमावली बमोजिमको अन्य कुनै सुविधा पाउने छैन ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ५३क. को उपनियम (४) वा (५) बमोजिम दिएको जानकारीबाट कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति प्राप्त गरेको देखिएमा स्थायी आवासीय अनुमति लिएको त्यस्तो प्रहरी कर्मचारीको पति वा पत्नीले नियम ९१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम र नियम ९२ बमोजिमको बिमा बाहेक यस नियमावली बमोजिमको अन्य कुनै सुविधा पाउने छैन ।