नियम ९४
सम्झौता गर्ने
(१) नियम ९३ बमोजिमको रकम कोषमा जम्मा गरेपछि मात्र विभागले त्यस्तो विकास आयोजनासँग राष्ट्रिय वनको कुनै भाग प्रयोग गर्न सर्तसहित सम्झौता गरी अनुसूची- ५२ बमोजिमको ढाँचामा प्रमाणपत्र प्रदान गर्नु पर्नेछ।

तर गैर नाफामूलक सरकारी बहुवर्षीय आयोजनाको हकमा किस्ताबन्दीमा रकम बुझाउने गरी सम्झौता गर्न सकिनेछ र यसरी सम्झौता भएकोमा पहिलो किस्ताको रकम जम्मा गरेपछि विभागले सम्झौता गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम विकास आयोजनाले जम्मा गरेको रकमको स्रेस्ता विभागले दुरुस्त राख्नु पर्नेछ।

(३) उपनियम (१) बमोजिमको सम्झौताको पालना भए नभएको सम्बन्धमा विभागले प्रदेश सरकार अन्तर्गतका कार्यालयको समन्वय र सहकार्यमा नियमित अनुगमन गर्नु पर्नेछ।

(४) उपनियम (१) बमोजिमको सम्झौताका सर्त विकास आयोजनाले पालना _ नगरेमा विभागले अवधि तोकी त्यस्तो सर्त पालना गर्न सम्बन्धित आयोजनालाई निर्देशन दिनु पर्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु त्यस्तो आयोजनाको कर्तव्य हुनेछ।