नियम ८६
सहरी वनको विकास र व्यवस्थापन
(१) स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्रको सहरभित्र पर्ने राष्ट्रिय वन बाहेकको कुनै सरकारी, सार्वजनिक वा सङ्घ संस्थाको स्वामित्वमा रहेको खाली जग्गा, खुला चौर, पर्ती जग्गा, सडक किनार, नहर किनार, नदी तथा ताल तलैयाको किनार, सांस्कृतिक तथा धार्मिक क्षेत्र एवं खेल मैदान वरिपरि रहेको जग्गामा सहरी वनको स्थापना, विकास तथा व्यवस्थापन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको जग्गामा स्थानीय तहले सहरी वनको विकास तथा व्यवस्थापनको लागि डिभिजनल वन अधिकृतसँग समन्वय गरी:सहरी वन व्यवस्थापन योजना तयार गरी प्रदेश मन्त्रालयको सहमति लिई लागू गर्नु पर्नेछ।
तर त्यस्तो जग्गा अन्य निकायको स्वामित्वमा रहेको भएमा व्यवस्थापन योजना तयार गर्दा सम्बन्धित निकायको समेत सहमति लिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको व्यवस्थापन योजनाको आधारमा स्थानीय तहले सहरी वनको विकास, संरक्षण तथा हेरचाह गर्न सम्बन्धित वडा कार्यालयलाई जिम्मा दिन वा प्रचलित कानून बमोजिम दर्ता भएका स्थानीयस्तरमा रहेका सङ्घ संस्था वा समूह वा निजी क्षेत्रसँग साझेदारी गर्न सक्नेछ।
(४) सहरी वनमा स्वीकृत व्यवस्थापन योजनामा उल्लिखित पर्यापर्यटन गतिविधि सञ्चालन गर्न सकिनेछ। (५) सहरी वनमा वृक्षारोपण गर्दा जलवायु परिवर्तन न्यूनीकरण, जल तथा वायूका कारण हुने विपद् जोखिम न्यूनीकरणमा सहयोगी हुने सौन्दर्यवर्द्धक प्रजातिका बिरुवा रोपण गर्न प्राथमिकता दिनु पर्नेछ।
(६) राष्ट्रिय वनक्षेत्र बाहेकका ८ उपनियम (१) बमोजिमका क्षेत्रमा विभागले सम्बन्धित स्थानीय तहसँगको साझेदारीमा सहरी वनको संरक्षण र विकास गर्न सक्नेछ।
(७) यस नियम बमोजिम सहरी वन विकास गर्दा स्थानीय तहलाई प्राप्त रकम स्थानीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ ।