नियम
अयोग्यता
साधारणतया नियुक्त हुने कन्सुलर क्षेत्रस्थित राष्ट्रको नागरिक बाहेक अन्य राष्ट्रको नागरिकलाई अवैतनिक वाणिज्यदूत नियुक्त गरिने छैन ।
तर कुनै राष्ट्रले अवैतनिक वाणिज्यदूत नियुक्त गरिसकेको अन्य राष्ट्रको नागरिक वा यस नियमावली बमोजिमको योग्यता पुगेको र कुनै पनि राजनीतिक दल वा संगठनको सदस्य नरहेको सम्बन्धित देशमा बसोबास गर्ने गैर आवासीय नेपालीलाई अवैतनिक वाणिज्यदूत नियुक्ति गर्न सकिनेछ ।