नियम १४
स्वीकृतिपत्र
(१) कुनै मित्रराष्ट्रले नेपालको कुनै क्षेत्रभित्र कन्सुलरको काम गर्ने गरी कुनै व्यक्तिलाई अवैतनिक वाणिज्यदूतको नियुक्तिपत्र जारी गरी स्वीकृतिका लागि लेखी पठाएमा मन्त्री वा निजले तोकेको मन्त्रालयको अधिकृतस्तरको कर्मचारीले नियुक्तिपत्रमा अवधि तोकिएको भए सोही अवधिसम्म र नतोकिएकोमा स्वीकृतिपत्र जारी गरेको मितिबाट तीन वर्षसम्म काम गर्न पाउने गरी त्यस्तो व्यक्तिलाई स्वीकृतिपत्र प्रदान गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधि समाप्त भएको अवैतनिक वाणिज्यदूतको पदावधि थप गर्न वा पुनर्नियुक्तिको लागि सम्बन्धित मित्रराष्ट्रबाट औपचारिक पत्र प्राप्त भएमा मन्त्रालयले बढीमा तीन वर्षको लागि पदावधि थन पर्न वा पुनर्नियुक्तिको लागि स्वीकृतिपत्र प्रदान गर्न सक्नेछ