दफा
उद्देश्य
: (१) ट्रेड यूनियनको उद्देश्य देहाय बमोजिम हुनेछ ः-
(क) कामदारहरुको कामको अवस्थामा सुधार गरी तिनीहरुको आर्थिक र सामाजिक समुन्नतिको लागि कार्यरत रहने,
(ख) कामदार र व्यवस्थापक बीच राम्रो सम्बन्ध राख्न प्रयत्न गर्ने,
(ग) प्रतिष्ठानको उत्पादकत्वमा वृद्धि गरी प्रतिष्ठानको विकास गर्नमा सघाउ पुर्याउने,
(घ) कामदारहरुलाई कर्तव्यनिष्ठ र अनुशासित बनाउन प्रयत्नशील रहने।
(२) उपदफा (१) मा लेखिएका उद्देश्यहरुका अतिरिक्त ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको उद्देश्य देहाय बमोजिम हुनेछ ः-
(क) कामदारहरुलाई शिक्षा दिने सम्बन्धमा कार्यक्रमहरु सञ्चालन गर्ने,
(ख) कामदारहरुको हितको निमित्त अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सम्पर्क कायम राख्ने,
(ग) श्रम नीति तर्जुमा गर्ने सम्बन्धमा नेपाल सरकारलाई आवश्यक परामर्श प्रदान गर्ने,
(घ) कामदारहरुको सामाजिक एवं आर्थिक स्तरको विकास गर्न आवश्यक कार्यशाला, गोष्ठी, सेमिनार आदि सञ्चालन गरी कामदारहरुलाई उपयोगी हुने तथ्यहरु प्रकाशन गर्ने,
(ङ) कामदारहरुको हक हितको संरक्षण र सम्वद्र्धन गर्ने सम्बन्धमा नेपाल सरकारसंग वार्ता गर्ने र प्रचलित कानूनको अधीनमा रही अन्य आवश्यक उपायहरु अपनाउने।