दफा २
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा –
(क) “प्रतिष्ठान” भन्नाले श्रम ऐन, २०४८ को दफा २ को खण्ड (ख) बमोजिमको प्रतिष्ठान सम्झनु पर्छ ।
(ख) “कामदार” भन्नाले प्रतिष्ठानमा र प्रतिष्ठानबाहिर विभिन्न उद्योग, व्यापार, व्यवसाय वा सेवामा कार्यरत स्थायी, अस्थायी, करार, दैनिक ज्यालादारी, पिसरेट, ठेक्कामा वा त्यस अन्तर्गत काम गर्ने कामदार तथा कृषि श्रमिक सम्झनु पर्छ र सो शब्दले प्रतिष्ठानको व्यवस्थापक तथा प्रबन्धक तह र त्यसको विभाग, शाखा, उपशाखा तथा इकाईको प्रमुख भई काम गर्ने कर्मचारी बाहेक अन्य कर्मचारी र स्वरोजगार गर्ने व्यक्तिलाई समेत जनाउँछ ।
(ख१) “कृषि श्रमिक” भन्नाले कृषि क्षेत्रमा ज्याला, बनी गरी जीविकोपार्जन गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ग) “व्यवस्थापक” भन्नाले श्रम ऐन, २०४८ को दफा २ को खण्ड (च) बमोजिमको व्यवस्थापक सम्झनु पर्छ ।
(घ) “टेड्र यूनियन” भन्नाले कामदारहरुको पेशागत हक हितको संरक्षण र सम्वद्र्धन गर्न यस ऐन बमोजिम दर्ता भएको प्रतिष्ठान स्तरको टेड्र यूनियन सम्झनु पर्छ र सो शब्दले टेड्र यूनियन संघ तथा टेड्र यूनियन महासंघलाई समेत जनाउँछ ।
(ङ) “प्रतिष्ठानस्तरको टेड्र यूनियन” भन्नाले दफा ३ बमोजिम दर्ता भएको प्रतिष्ठानस्तरको टेड्र यूनियन सम्झनु पर्छ ।
(च) “टेड्र यूनियन संघ” भन्नाले दफा ४ बमोजिम दर्ता भएको टेड्र यूनियन संघ सम्झनु पर्छ ।
(छ) “टेड्र यूनियन महासंघ” भन्नाले दफा ५ बमोजिम दर्ता भएको टेड्र यूनियन महासंघ सम्झनु पर्छ ।
(ज) “आधिकारिक टेड्र यूनियन” भन्नाले कामदारहरुको हक हितको संरक्षण गर्नको लागि व्यवस्थापकसित सामूहिक सौदावाजी गर्न दफा ११ बमोजिम मान्यता प्राप्त गरेको प्रतिष्ठान स्तरको टेड्र यूनियन सम्झनु पर्छ ।
(झ) “कार्य समिति” भन्नाले ट्रेड यूनियनको विधान बमोजिम गठित कार्य समिति सम्झनु पर्छ ।
(ञ) “सदस्य” भन्नाले प्रतिष्ठानस्तरको ट्रेड यूनियनको सदस्यता लिएको सम्बन्धित प्रतिष्ठानको कामदार सम्झनु पर्छ ।
(ट) “पदाधिकारी” भन्नाले कार्य समितिको अध्यक्ष, उपाध्यक्ष, महा–सचिव, सचिव र कोषाध्यक्ष सम्झनु पर्छ र सो शब्दले कार्य समितिको सदस्यलाई समेत जनाउँछ ।
(ठ) “पञ्जिकाधिकारी” भन्नाले दफा १४ बमोजिम नियुक्त पञ्जिकाधिकारी सम्झनु पर्छ र सो शब्दले पञ्जिकाधिकारीको अधिकार प्रयोग गर्न पाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको अधिकारीलाई समेत जनाउँछ ।
(ड) “दर्ता किताब” भन्नाले ट्रेड यूनियन दर्ता गर्न दफा १६ बमोजिम खडा गरेको दर्ता किताब सम्झनु पर्छ ।
(ढ) “श्रम अदालत” भन्नाले श्रम ऐन, २०४८ अन्तर्गतको श्रम अदालत सम्झनु पर्छ ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जारी गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।