Preamble
प्रस्तावना

 प्रतिष्ठान र प्रतिष्ठानबाहिर विभिन्न उद्योग, व्यापार, व्यावसाय वा सेवामा काम गर्ने कामदार तथा स्वरोजगार गर्ने व्यक्तिहरुको व्यावसायिक तथा पेशागत हक हितलाई संरक्षण र सम्वद्र्धन गर्नको लागि टेड्र यूनियनको दर्ता, सञ्चालन र तत्सम्बन्धी अन्य आवश्यक व्यवस्था गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।