दफा १७
कोष
: (१) ट्रेड यूनियनको आफनो छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) सदस्यता शुल्कबाट प्राप्त रकम,
(ख) राष्ट्रिय संघ संस्थाबाट सहयोग वा अनुदान स्वरुप प्राप्त रकम,
(ग) अन्य कुनै श्रोतबाट प्राप्त रकम ।
(२) ट्रेड यूनियनको नामबाट गरिने सबै खर्च कोषबाट व्यहोरिनेछ ।
(३) उपदफा (१) बमोजिमको कोषमा रहने रकमहरु नेपाल  …………. भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।