दफा २१८
अंशबण्डाको लिखत पारित गर्नु पर्ने

(१) अंशबण्डा गर्दा अंशबण्डाको लिखत तयार गरी साक्षी राखी त्यस्तो लिखतमा साक्षी तथा अंशियारको सहीछाप गरी कानूनकोरीत पुऱ्याई सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०३४ साल पौष २७ गतेभन्दा अघि कुनै अंशियार बीच बण्डापत्र खडागरी वा नगरी घरसारमा नरम गरम मिलाई अंशबण्डा गरी छुट्टिई आफ्नो अंश भाग बमोजिम लिई पाई दाखिल खारेज समेतगरिसकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल सम्पत्ति छुट्टा छुट्टै भोग वा बिक्री व्यवहार गरेकोमा अंशबण्डाकोलिखतपारित नभएको भए पनि अंशबण्डा भएको मानिनेछ ।