दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐन संहितामा:-
(क) “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनु पर्छ र सो शब्दले कानून बमोजिम कुनै खास किसिमका देवानी मुद्दाको कारबाही र किनारा गर्न अधिकार प्राप्त अन्य अदालत, न्यायिक निकाय वा अधिकारी समेतलाई जनाउँछ।
(ख) “कानून” भन्नाले तत्काल प्रचलित कानून सम्झनु पर्छ।
(ग) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति सम्झनु पर्छ र सो शब्दले कानूनी व्यक्ति समेतलाई जनाउँछ ।
(घ) “नालिस” भन्नाले फिरादपत्र सम्झनु पर्छ र सो शब्दले अन्य कुनै किसिमको उजुरी, दाबी, प्रतिदाबी वा सो सरहको निवेदन समेतलाई जनाउँछ।
(ङ) “नाबालक” भन्नाले अठार वर्ष उमेर पूरा नगरेको बालबालिका सम्झनु पर्छ।
(च) “स्थानीय तह” भन्नाले गाउँ पालिका वा नगरपालिका सम्झनु पर्छ।
(छ) “सम्पत्ति” भन्नाले चल वा अचल सम्पत्ति सम्झनु पर्छ।
(ज) “हकवाला” भन्नाले दफा २३९ बमोजिम अपुताली पाउने प्राथमिकताक्रममा रहेको व्यक्ति सम्झनु पर्छ।