दफा ४३४
हदम्याद

यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम, दफा ४३२ को हकमा जहिलेसुकै र अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाटमर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।