दफा ४१
हदम्याद
यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले देहाय बमोजिम नालिस गर्न सक्नेछ :–
(क) दफा ३६ को अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र,
(ख) दफा ४० को उपदफा (५) को अवस्थामा त्यस्तो काम कारबाही भएको थाहा पाएको मितिले एक वर्षभित्र,
(ग) खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र ।