दफा ३५१
हदम्याद

(१) यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले नालिस गर्नु पर्दा देहायको विषयमा कुनैहदम्याद लाग्ने छैन :–
(क) गुठीको सम्पत्ति हिनामिना गरेको,
(ख) गुठीको सम्पत्तिसँग सम्बन्धित कुनै लिखत जालसाजी वा किर्ते गरेको,
(ग) गुठीको सम्पत्ति मासे खाएको,
(घ) सञ्चालकले गुठी संस्थापनापत्रको शर्त विपरीत फाइदा लिएको,
(ङ) गुठीको सम्पत्ति वा सोको मूल्य वा आय सञ्चालक वा अन्य व्यक्तिबाट फिर्ता गराउनु परेको ।
(२) उपदफा (१) मा उल्लिखित विषय बाहेक अन्य विषयमा नालिस गर्नु पर्ने कारण भएको मितिले छ महिनाभित्र नालिस गर्नसकिनेछ।