दफा ३७०
अचल सम्पत्तिको हस्तान्तरणबाट सुविधाभारको व्यवस्थामा प्रतिकूल असर नपर्ने

(१) सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको धनीले आफ्नो हक र स्वामित्वमा रहेको त्यस्तो सम्पत्ति पूरै वा केही अंश कसैलाई कुनै व्यहोराले हस्तान्तरण गरेमा पनि त्यस्तो सम्पत्ति उपर रहेको सुविधाभारको व्यवस्था कायमै रहनेछ ।
(२) सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको अंशबण्डा भएमा पनि प्रत्येक अंशियारले त्यस्तो सुविधाभार प्रदान गरेको मानिनेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको हस्तान्तरण वा अंशबण्डा गर्दा त्यस्तो सम्पत्तिमा अन्यत्र सुविधाभारको व्यवस्था भई त्यसरी भएको हस्तान्तरण वा अंशबण्डाबाट हक कायम भएको व्यक्तिको अचल सम्पत्तिबाट सुविधाभार दिनु नपर्ने भए सोही हदसम्म सुविधाभार समाप्त भएको मानिनेछ ।