दफा ५४३
अदालतले विचार गर्न सक्ने

कुनै करार उल्लङ्घन गरेको कारणबाट उत्पन्न क्षतिपूर्ति निर्धारण गर्दा अदालतले त्यस्तो करार पक्षबाट नियतवश उल्लङ्घन भएको हो वा लापरबाहीको कारणले पालन हुन नसकेको हो त्यस्तो कुरा र करार उल्लङ्घन नभएको भए करार उल्लङ्घन नगर्ने (निर्दोष) पक्षले कति रकम वा लाभ प्राप्त गर्न सक्ने थियो त्यस्तो कुरा समेत विचार गर्नु पर्नेछ ।