दफा २०१
अनुगमन गर्ने

(१) विदेशीले धर्मपुत्र वा धर्मपुत्री बनाई लगेका नेपाली नाबालकलाई बालिग नभएसम्म पालनपोषण, स्वास्थ्य, शिक्षा तथाहेरचाहको व्यवस्था गरे वा नगरेको सम्बन्धमा बोर्ड आफैँंले अनुगमन गर्न वा त्यस्तो कामको लागि आवश्यकतानुसारसम्बन्धित देशमा रहेको नेपाली राजदूताबास वा वाणिज्य दूताबासको प्रतिनिधि समेत रहने गरी उपसमिति गठन गर्न सक्नेछ।
(२) बोर्ड वा उपदफा (१) बमोजिमको उपसमितिले सो प्रयोजनको लागि बालबालिका रहे बसेको ठाउँमा गई अनुगमन गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम बोर्ड वा उपसमितिले आफूले गरेको अनुगमनको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको प्रतिवेदनमा अन्य कुराका अतिरिक्त धर्मपुत्र वा धर्मपुत्री भएको नेपाली नाबालक धर्मपुत्र वाधर्मपुत्री ग्रहण गर्ने व्यक्तिसँग बस्दा त्यस्तो नाबालकको सर्वाेत्तम हित भए वा नभएको व्यहोरा समेत उल्लेखगर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदनमा धर्मपुत्र वा धर्मपुत्री भएको नेपाली नाबालक धर्मपुत्र वा धर्मपुत्रीग्रहण गर्ने व्यक्तिसँग बस्दा त्यस्तो नाबालकको सर्वाेत्तम हित नभएको व्यहोरा उल्लेख भई आएमा नेपाल सरकारलेसम्बन्धित नाबालक राय दिन सक्ने अवस्थाको भएमा वा दश वर्षभन्दा बढी उमेरको भएमा निजको राय समेत लिई सम्बन्धितमुलुकको सरकार समक्ष कूटनैतिक माध्यम मार्फत त्यस्तो विषयमा ध्यानाकर्षण गराउनेछ ।
(६) उपदफा (५) बमोजिम ध्यानाकर्षण गराइएकोमा धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिएको नेपाली नाबालकको स्थितिमासुधार नआएमा भविष्यमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो मुलुकका नागरिकलाई नेपालमाअन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न सकिने मुलुकको रूपमा खुल्ला गरिएको सूचीबाट हटाउनेछ ।