दफा १८९
अनुमति नलिई धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने

(१) कुनै विदेशीले नेपाल सरकारको अनुमति नलिई कुनै नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनैबालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा राख्न पाउने छैन ।
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालमा अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री स्वीकार गर्नसकिने गरी खुल्ला गरिएका मुलुकका नागरिक वा दम्पतीलाई मात्र यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्नअनुमति दिइनेछ ।