दफा ३४१
अन्य अधिकार, कर्तव्य र दायित्व गुठी सञ्चालकमा रहेको मानिने

यस परिच्छेदमा स्पष्ट रूपमा उल्लेख भएको अधिकार, कर्तव्य र दायित्वका अतिरिक्त संस्थापनापत्रमा अन्यथा व्यवस्थाभएकोमा बाहेक गुठीको उद्देश्य कार्यान्वयन गरी पूरा गर्न, गुठी सम्पत्तिको हेरविचार र संरक्षण गर्न तथा हितग्राहीकोहक, हित संरक्षण गर्नको लागि आवश्यक पर्ने अन्य अधिकार र कर्तव्य गुठी सञ्चालकमा रहेको मानिनेछ ।