दफा ७१४
अन्य विषय निजी अन्तरराष्ट्रिय कानूनका मान्य सिद्धान्त बमोजिम हुनेः

(१) यस भागमा उल्लेख नभएका विदेशी, विदेशी वस्तुवाविदेशमा भएको काम समावेश भएको कुनै विषयको सम्बन्धमा निर्धारण गर्नु पर्दा त्यस्तो विषयमा नेपाल कानूनमाछुट्टैव्यवस्था भएको रहेछ भने नेपाल कानून बमोजिम र त्यस्तो व्यवस्था नभएकोमा निजी अन्तरराष्ट्रिय कानूनका मान्यसिद्धान्त बमोजिम निर्धारण गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उपदफा बमोजिमको विषय नेपाल कानून बमोजिम नै निर्धारणहुनसम्बद्ध विषयका सम्पूर्ण पक्षहरू सहमत भएमा त्यस्तो विषय नेपाल कानून बमोजिम निर्धारण गर्नु पर्नेछ ।