दफा ४२७
अन्य व्यक्तिले सम्पत्ति खरिद वा प्राप्त गरिदिन सक्ने

दफा ४२६ मा लेखिएको अवस्थामा बाहेक यस परिच्छेद बमोजिम सम्पत्ति खरिद वा प्राप्त गर्ने व्यक्ति काम विशेषले सम्बन्धितकार्यालयमा उपस्थित हुन नसकी निजको तर्फबाट त्यस्तो सम्पत्ति खरिद वा प्राप्त गर्ने सम्बन्धमा कानूनले वारेस दिनहुने व्यक्तिलाई कानूनको रीत पु¥याई अख्तियारनामा र निजको नागरिकताको प्रमाणपत्र समेत दिई पठाएमा त्यस्तोवारेसले निजको नाममा त्यस्तो सम्पत्ति खरिद वा प्राप्त गरिदिन सक्नेछ ।