दफा २४४
अपुताली स्वीकार गर्न कर नलाग्ने

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि व्यक्तिलाई अपुताली स्वीकार गर्न कर लाग्ने छैन।
(२) कुनै व्यक्तिले अपुताली स्वीकार नगरेमा अपुताली परेको तीन वर्षभित्र त्यस्तो कुराको जानकारी सम्बन्धित जिल्लाअदालतलाई लिखित रूपमा दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र अपुताली स्वीकार नगरेमा त्यस्तो अपुताली त्यस पछिका प्राथमिकताक्रमको अन्यहकवालामा सरेको मानिनेछ ।
(४) उपदफा (१) बमोजिम कुनै हकवालाले अपुताली स्वीकार नगरेमा पनि निजले मृतककोरीत, परम्परा अनुसार सद्गत गर्नु पर्नेछ।