दफा ३४
अर्धसक्षम मानिने

(१) दश वर्ष पूरा भई अठार वर्ष उमेर पूरा नगरेको व्यक्ति अर्धसक्षम मानिनेछ ।
(२) अर्धसक्षम व्यक्तिले कानूनको अधीनमा रही जुनसुकै अधिकार उपयोग गर्न, दायित्व निर्वाह गर्न तथा कर्तव्य पालना गर्न सक्नेछ ।
(३) अर्धसक्षम व्यक्तिले कुनै अधिकारको उपयोग गर्दा संरक्षक वा माथवरको मञ्जुरी लिई वा संरक्षक वा माथवर मार्फत गराउनु पर्नेछ ।
(४) अर्धसक्षम व्यक्तिको कुनै कागज गराउँदा संरक्षक वा माथवरको रोहवरमा गराउनु पर्नेछ ।