दफा ६५६
अशक्त व्यक्तिलाई पालनपोषण गरेको खर्च आफन्तले व्यहोर्नु पर्नेः

होस ठेगानमा नरहेको, शारीरिक रूपमा विकलाङ्ग वा आफ्नो आर्जन नभएको कुनै असहाय नाबालकको पालनपोषण वा हेरविचार गर्ने दायित्व भएको व्यक्तिले त्यस्तो व्यक्तिलाई पालनपोषण गर्न इन्कार गरी अन्य कुनै व्यक्तिले पालनपोषण वा हेरविचार गरेमा निजले त्यस्तो दायित्व भएको व्यक्तिबाट त्यस वापतको खर्च शोधभर्ना दाबी गर्न सक्नेछ ।