दफा ४२८
असक्षम वा अर्धसक्षम व्यक्तिको नाममा सम्पत्ति खरिद वा प्राप्त गर्न सक्ने

संरक्षक वा माथवरले आफ्नो संरक्षकत्व, माथवरीमा रहेको असक्षम वा अर्धसक्षम व्यक्ति वा संरक्षकले आफ्नो वा सगोल परिवारका सदस्यले गर्भमा रहेको शिशुको लागिकुनै सम्पत्ति दान, बकस, खरिद वा अन्य तवरले प्राप्त गर्न सक्नेछ ।