दफा ४४७
असामीको तर्फबाट अर्को व्यक्तिले आफ्नो सम्पत्ति बन्धकी दिन सक्ने

(१) अन्य व्यक्तिले लिएको ऋण वापत कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति असामीको तर्फबाट साहूलाई बन्धकीमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बन्धकी दिएको सम्पत्ति असामीद्वारा साहूलाई बन्धकी दिइएको सम्पत्ति सरह साहूले यस परिच्छेद बमोजिम भोगचलन गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम अर्को व्यक्तिले सम्पत्ति बन्धकी दिएकोमा असामी र त्यस्तो व्यक्तिको सम्बन्ध बन्धकीको लिखत वा अन्य छुट्टै करारमा लेखिए बमोजिम हुनेछ र त्यसरी नलेखिएकोमा त्यस्तो व्यवहार कपाली सरह हुनेछ ।