दफा ६४३
आठ घण्टाभन्दा बढी काममा लगाउन नहुनेः

(१) कसैले कुनै व्यक्तिलाई काम लगाउँदा सामान्यतः एक दिनमा आठ घण्टाभन्दा बढी अवधिको लागि काम लगाउन सकिने छैन ।
(२) उपदफा (१) मा लेखिएभन्दा बढी अवधि कसैलाई कामका लगाउनु पर्दा काम गर्ने व्यक्तिको मञ्जुरी हुनु पर्नेछ र त्यसरी काममा लगाउँदा आठ घण्टालाई एकदिन मानी बढी काम गरेको प्रत्येक घण्टा वापत सोही अनुपातमा थप ज्याला मजुरी दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि घरेलु सहायकलाई काममा लगाउँदा सो उपदफाको व्यवस्था लागू हुने छैन ।स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “घरेलु सहायक” भन्नाले घर व्यवहारको काममा आवश्यकता अनुसार जुनसुकै बखत काममा लगाउन सकिने गरी काममा लगाइएको व्यक्ति सम्झनु पर्छ ।