दफा ११६
आवश्यक हेरचाह र स्याहार सम्भार गर्नु पर्ने

(१) दफा ११५ बमोजिम नाबालक जिम्मा लिएको आमा वा बाबुले आफूले जिम्मा लिएको नाबालकको हेरचाह र स्याहार सम्भार गर्नुपर्नेछ र त्यसरी हेरचाह र स्याहार सम्भार गर्दा दफा ११४ को उपदफा (२) मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाबालक जिम्मा लिने आमा वा बाबुकोभन्दा जिम्मा नलिने आमा वा बाबुकोआम्दानी बढी रहेछ भने त्यस्तो आमा वा बाबुले त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारका लागि त्यस्तो आमाबाबुको सहमति बमोजिमको र त्यसरी सहमति हुन नसकेमा अदालतले तोके बमोजिमको खर्च त्यस्तो नाबालकलाई उपलब्ध गराउनुपर्नेछ ।